कांग्रेस र माओवादीको सर्मथनमा प्रधानमन्त्री बन्ने माधव नेपालको कसरत
नुवाकोट । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन अढाई घण्टा मात्र बाँकी छँदा राजनीतिमा फेरि नयाँ ट्वीस्ट आएको छ ।
केपी शर्मा ओली विरोधी गठबन्धनमा सहभागी भएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफू प्रधानमन्त्री बन्ने गरी नयाँ प्रयासमा लागेका बुझिएको छ ।
नेता नेपाललाई ओलीको विकल्पमा प्रधानमन्त्री मान्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत तयार भइसकेका छन् । कांगे्रस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा समेत देउवा, प्रचण्ड र नेपालबीच वैकल्पिक सरकार बनाउने र त्यसको नेतृत्व नेपालले गर्ने सहमति बनेको थियो । सोही सहमतिअनुसार नेता नेपाल पार्टीका सांसदहरुको हस्ताक्षर संकलन अभियानमा लागेका छन् ।
नेता नेपालले आफ्ना सहयोगीहरुलाई खटाएर हालसम्म ४० जना एमाले सांसदको हस्ताक्षर गराइसकेका बुझिएको छ । उनी एमालेका ४० सांसद, कांग्रेसका ६१ सांसद र माओवादी केन्द्रका ४९ सांसद तथा जसपा उपेन्द्र यादव पक्षका १६ सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाल निकट स्रोतहरुले दाबी गरेका छन् ।
नेपाललाई प्रधानमन्त्री बनाउने र कांग्रेसका रामचन्द्र पौडेललाई राष्टपति बनाउने गरी विपक्षी गठबन्धनहरुको प्रयास अगाडि बढेको स्रोतहरुले बताएका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप लाग्दैन । यसकारण समेत माधव नेपाललाई प्रधानमन्त्री बन्न केही सहज देखिएको छ ।
यता, केपी शर्मा ओली पनि नेकपा एमालेको कुल १२१ सिट संख्याका साथ जसपाको महन्थ ठाकुर पक्षको समर्थनमा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा छन् । ठाकुर पक्षलाई कम्तीमा ७ मन्त्रालय दिने गरी नयाँ सरकार गठन गर्ने उनले चाहेका छन् ।
यसरी प्रधानमन्त्रीका लागि दाबी गर्ने समयसीमा नजिक हुँदै गर्दा राजनीतिमा रोचक घटनाक्रमहरु आउन थालेका छन् । अझ रोचक त फूटको संघारमा पुगेको भनिएको एमालेभित्रको शक्तिसंघर्ष देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया