नुवाकोटमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ जेठ ७ गते १४:४७

नुवाकोट । नुवाकोटका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एकसय ८० जनाको पिसिआर परक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ८ पुगेको छ । थपिएका संक्रमितमध्ये ३८ जना विदुर नगरपालिकाका रहेका छन् भने १६ जना लिखु गाउँपालिकाका रहेका छन् ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा ९÷९ जना, किस्पाङ गाउँपालिकामा ५ जना, शिवपुरी र तादी गाउँपालिकामा समान ४÷४ जना, ककनी सुर्यगढी र म्यागङ गाउँपालिकामा समान २÷२ जना र पन्चकन्या गाउँपालिकामा एकजना रहेका छन् ।

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।

Advertisement

कार्यालयका सुचना अधिकारी खनालका अनुसार यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ६ सय २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।

नुवाकोटमा हालसम्म १२ हजार ७ सय ६१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया