लिखु गाउँपालिकामा १५ जना कोरोना संक्रमित भेटिए
विदुर खबर
२०७८ जेठ ७ गते ८:०७

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा १५ जना कोरोना संक्रमित भेटिएका छन् ।
बिहिबार त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
अस्पतालले गाउँपालिकाको १९ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै लिखु गायँपालिकामा कोरोना संक्रमितको संख्या एकसय २३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो समय लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गाउँपालिकाले उच्च सुरक्षा सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया