संसद् भंग गर्ने र संविधान सिध्याउने डिजाइन भयो : गुरुङ
नुवाकोट । नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको बताएका छन् ।
गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीबाट संसद भंग गर्ने साथै संविधान सिध्याउने डिजाईन अन्तर्गत नयाँ सरकार गठनको आह्वान भएको बताए ।
‘संविधान उल्लङ्घन गर्ने प्रक्रियाको पनि पराकाष्ट नै भयो । ७६(४) सदनमा उपयोग नगरी प्रधानमन्त्रीले मैले मान्दिनँ भनेर व्यक्तिगत रुपमा प्रयोग गर्ने धारा त हैन । सदनबाट प्रमाणित गर्नुपर्ने धारा हो । ७६ (५) प्रयोग गर्दा राष्ट्रपतिले ‘चेक एण्ड ब्यालेन्स’ गर्न पर्ने हो,’ गुरुङले भने, ‘तर राष्ट्रपतिले भोली ५ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यस्तो त कहिँ पनि हुँदैन । त्यसैले जसरी भए पनि संसद भंग गर्ने, संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको छ ।’
राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको षडयन्त्रलाई सफल हुन नदिन संसद र संविधानका पक्षधर दलहरुले अधिकतम कोसिस गर्नुपर्ने गुरुङले बताए । ‘यो षडयन्त्रको विरोध र भण्डाफोर गर्नुका साथै संसद विघटन गर्न नदिनका साथै संविधानको रक्षाका लागि के–के उपाहरु छन त्यसबारे यो संसद र संविधानका पक्षधर दलहरुले अधिकतम् कोसिस गर्नुपर्छ,’ गुरुङले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया