राजनीतिमा अबको संभावना: महन्थको नेतृत्वमा सरकार वा अर्ली इलेक्सन ?
नुवाकोट । आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षको अन्तर्घातका कारण एमालेको तर्फबाट राष्ट्रियसभा सदस्यका आधिकारिक उम्मेद्वार रामबहादुर थापा बादलले हार व्यहोरेसँगै केपी शर्मा ओली आक्रामक बन्ने संकेत देखाएका छन् ।
उनी अब राजनीतिलाई लामो समयसम्म गाँठो पारेर राख्नुभन्दा वारपारको लडाईमा होमिएजस्तो देखिन्छ । यही उद्देश्यले प्रधानमन्त्री ओलीले राष्ट्रियभासको निर्वाचनको मतपरिणाम आएलगत्तै मन्त्रीपरिषद बैठक बोलाएर संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गराए ।
यो निर्णय पछाडि ओलीको प्रष्ट सन्देश छ: १. उनी फेरि संसदबाट विश्वासको मत लिन चाहदैनन् । २.ओली अब संविधानको धारा ७६ को उपधारा ५ अनुसार सत्ताको खेल अगाडि बढोस् भन्ने चाहन्छन् । धारा ७६(५)ले कुनै पनि संसद सदस्यले बहुमतको आधारसहित दाबी पेश गरेमा त्यस्तो व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । यदि फेरि पनि कसैले बहुमतको आधार पेश गर्न सकेन भने प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष संसद विघटनका लागि सिफारिस गर्न सक्नेछन् । संसद विघटनसँगै ६ महिनाभित्र सम्पन्न गर्ने गरी अर्ली इलेक्सनको घोषणा समेत हुनेछ । यसो भयो भने मंसिरमा निर्वाचन हुनेछ ।
ओलीका पछिल्ला कदमहरुले उनी यही विकल्पतर्फ अगाडि बढ्न खोजेको देखिएको छ । तर, ओलीको यो योजना त्यतिबेला मात्र सफल हुन्छ, जति बेला बहुमतको सरकार गठनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी(जसपा)को यसअघिको रणनीति नै कायम हुनुपर्छ । ओलीले यसअघि बैशाख २७ गते संसदबाट विश्वासको मत लिन खोज्दा जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बसिदिएको थियो । फलस्वरुप कांग्रेस र माओवादीको प्रयासअनुरुप उनीहरुले बहुमतको दाबीसहित सरकार गठन गर्ने प्रयास सफल हुन सकेन ।
ओली फेरि पनि महन्थ ठाकुरलाई तटस्थ बसाएर अगाडि बढाउन चाहन्छन् । यही रणनीतिमा रहेर छलफल गर्न उनले बिहीबारको मन्त्रीपरिषद बैठकलगत्तै जसपाका ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएका छन् ।
यदि ठाकुर र महतो लगायतले ओलीलाई सरकार गठनमा साथ दिन सके भने फेरि पनि ओली नेतृत्वको बहुमत सरकार गठन हुने संभावना समेत टरिहालेको छैन । तर, जसपाले पटक पटक आफ्नो नेतृत्वमा सरकार गठन हुन्छ भने मात्र सत्ताको खेलमा लाग्ने, नभए कतै नलाग्ने सार्वजनिक अभिव्यक्ति दिइसकेको छ । यस्तै, ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्ने विकल्प पनि खुल्ला छ, तर यो विकल्पमा ओली जाने छैनन् । कारण, ओली आफ्नै सरकारको नेतृत्वमा चुनाव गराउन चाहन्छन् ।
महन्थ प्रधानमन्त्री बन्लान् ?
यसरी हेर्दा ओलीसँग उनले चाहेअनुसारको विकल्प भनेको बहुमतको सरकार गठनका लागि विपक्षीहरुलाई सफल बन्न नदिने र फेरि पनि बहुमतको सरकार गठन हुन नसकेको अवस्था सिर्जना गरी संसद भंग गराई चुनावको घोषणा गर्ने नै देखिन्छ ।
तर, ओलीको चाहनाले मात्रै राष्ट्रिय राजनीतिमा नयाँ नयाँ सरप्राइजहरु आउँछन् भन्ने ग्यारेण्टी गर्ने संसदको गणितीय अवस्था ओली अनुकुल छैन ।
अर्थात, यदि कांग्रेस र माओवादी केन्द्रले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री स्वीकार गर्ने गरी अगाडि बढे भने ओलीले सत्ता छाड्नुपर्ने हुन्छ ।
कांग्रेस र माओवादी केन्द्रले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएरै भए पनि ओली सरकार ढाल्नुपर्ने सहमति गरिसकेका छन् । अब फेरि पनि बल जसपाकै कोर्टमा पुगेको छ । यदि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले ठाकुर नेतृत्वमा सरकार बन्नसक्ने ग्यारेण्टी भए कांग्रेस र माओवादीको योजनालाई साथ दिनेछन् । यस्तो अवस्थामा बहुमत प्राप्त सरकारको नेतृत्व ठाकुरले गर्नेछन् । ठाकुरले थप एक वर्ष सरकार चलाउनेछन् र उनकै नेतृत्वको सरकारले चुनाव समेत गराउनेछ ।
पछिल्ला घटनाक्रम तथा शक्तिकेन्द्रहरुको दौडधूपलाई नजिकबाट विश्लेषण गर्ने हो भने भारत अर्ली इलेक्सनको पक्षमा देखिएको छ । महन्थ र महतोको पटक पटकको भारतीय दूतावासमा हुने गरेको प्रवेश, त्यहाँ हुने गरेका छलफलले उनीहरु भारतीय योजनाका साथ अगाडि बढेको धेरैले अनुमान लगाउने गर्छन् । यदि उनीहरु भारतीय अजेण्डा लिएर अगाडि बढेका हुन् भने फेरि पनि महन्थ नेतृत्वको समूह तटस्थ बस्नेछ र ओलीको योजनाअनुसार राजनीति अगाडि बढ्ने मार्गप्रशस्त गर्नेछ । तर, महन्थ नै प्रधानमन्त्री बन्ने अवस्थामा भारतीय रणनीति के हुन्छ भन्ने कुराले समेत आगामी दिशा निर्धारण गर्नसक्छ ।
समग्रमा हेर्दा राष्ट्रिय राजनीतिमा रोचकघोचक दृश्यहरु हेर्न पाइने दिनहरु आउनसक्ने देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया