एमाले निकट चौतारी र माओवादी निकट सेन्टर मिले, बन्यो ‘प्रेस संगठन नेपाल’
नुवाकोट, तत्कालीन एमाले र माओवादी केन्द्र निकट पत्रकारहरुको संगठनको एकतापछि बन्ने संगठनको नाम प्रेस संगठन नेपाल राखिने भएको छ । एकताका लागि गठन गरिएको कार्यदलको मंगलबार बसेको पूर्ण बैठकले एकीकृत संगठनको नाम प्रेस संगठन नेपाल राख्ने निर्णय गरेको हो ।
बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय भएको छ ।
एकीकृत संगठनको केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित २ सय २५ सदस्य, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित १ सय २५ सदस्य, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ सदस्य र शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्य रहने भएका छन् ।
यस्तै अनुशासन र लेखा आयोगमा अध्यक्ष र सचिवसहित १५ सदस्य रहने अन्तरिम विधानमा उल्लेख गरिएको छ । आगमी तीनदिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूचीसहित पार्टीलाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले बताए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया