एमाले निकट चौतारी र माओवादी निकट सेन्टर मिले, बन्यो ‘प्रेस संगठन नेपाल’

विदुर खबर २०७५ साउन १६ गते ७:०१

नुवाकोट, तत्कालीन एमाले र माओवादी केन्द्र निकट पत्रकारहरुको संगठनको एकतापछि बन्ने संगठनको नाम प्रेस संगठन नेपाल राखिने भएको छ । एकताका लागि गठन गरिएको कार्यदलको मंगलबार बसेको पूर्ण बैठकले एकीकृत संगठनको नाम प्रेस संगठन नेपाल राख्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय भएको छ ।

एकीकृत संगठनको केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित २ सय २५ सदस्य, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित १ सय २५ सदस्य, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ सदस्य र शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्य रहने भएका छन् ।

Advertisement

यस्तै अनुशासन र लेखा आयोगमा अध्यक्ष र सचिवसहित १५ सदस्य रहने अन्तरिम विधानमा उल्लेख गरिएको छ । आगमी तीनदिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूचीसहित पार्टीलाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले बताए ।

Advertisement

प्रतिक्रिया