नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३९ पुग्यो

विदुर खबर २०७८ जेठ ६ गते १३:४४

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३९ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ३९ पुगेको हो ।

सक्रिय कोरोना संक्रमितमध्ये ६२ जना अस्पतालमा,२६ जना आइसोलेसन सेन्टरमा र ८ सय ५१ जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले पछिल्लो २४ घण्टामा जिल्लामा एकसय कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २८ जना कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ५ सय ६१ पुगेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया