बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु
नुवाकोट । बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४/४ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।
भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८:४५ बजे र राप्तिसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे, गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे र बढैयाताल गाउँपालिका-५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९:५५ बजे मृत्यु भएको छ।
भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया