कोरोना भाइरसको खतरनाक प्रजाति नेपालमा पनि देखियो
कोरोना भाइरसको खतरनाक प्रजाति नेपालमा पनि देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालको विभिन्न स्थानबाट संकलन गरिएको नमुनामा देखिएको यस भाइरसका कारण अझ गम्भीर महामारीको अवस्था सिर्जना हुन सक्ने सम्भावना बढेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको यस रिपोर्टप्रति सबैको ध्यान केन्द्रित छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको तीन प्रकारको प्रजाति भेटिएको छ । गतवर्ष देखिएको पुरानो प्रकार एक हो भने अन्य दुई प्रकार नयाँ हो ।
अहिले भेटिएको भेरियन्ट सबै उमेर समूहमा लाग्न सक्ने धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नतिजा कोरोना संक्रमितहरुका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा जिन स्विक्विन्सिङ गर्दा ९७ प्रतिशत (३४ वटा) मा बि–वन–छ सय सत्र दुई संकेतका नयाँ भेरियन्ट र तीन प्रतिशतमा बि–वन–छ सय सत्र वन संकेत पुष्टि भएको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणासमेत गरेको छ । यी दुवै भेरियन्ट भारतमा भेटिएका कोरोनाका नयाँ प्रजाति हुन् । दुवै भेरियन्टबाट महाराष्ट्र र आन्द्र प्रदेश बढी प्रभावित छन् । नेपालमा यसअघि बेलायतमा भेटिएको बि–एघार–सात भेरियन्ट पनि भेटिएको थियो ।
यस रिपोर्टले सबैलाई चिन्तित तुल्याइरहेका बेला राजनीतिक दलका नेता तथा सरकार सत्ताको खेलमै लिप्त छन् । उनीहरुले कोरोना संक्रमणको महामारी फैलने क्रम बढ्दै गएपछि स्वास्थ्य सुरक्षा अपनाएर जो जहाँ छ त्यहीं सुरक्षित भएर बस्ने वातावरण बनाउन सकेनन् । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका नागरिकलाई शहर छोडेर गाउँ जाने समयावधि तोक्दै कोरोना संक्रमणको पोको लिएर गाउँघर फर्कन बाध्य बनायो ।
यही बाध्यताका कारण बिनास्वास्थ्य परीक्षण र बिनासुरक्षा गाउँघरमा पुगेका युवा शक्तिले वृद्ध बाबुआमाका साथ, बालबालिका, छरछिमेक हुँदै गाउँबस्तीमा नै फैलाउने अवस्था सिर्जना भयो । सरकारको अदूरदर्शिताका कारण आज कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दैनिकजसो बढ्दो छ । यति बेला कुर्सीको लडाइँमा उत्रेका नेता हैन सर्वसाधारण जनता मात्र कोरोना संक्रमणको शिकार बनेका छन् । गाउँ–गाउँमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको लास उठाउने र त्यसको व्यवस्थापन गर्ने कामसम्म चुनौतीपूर्ण बनेको छ ।
मृत्यु हरेक व्यक्तिको सुनिश्चित छ । त्यसैले पदका लागि आज जनतालाई बेवास्ता गर्दै कुर्सीका लागि लडिरहेका नेताहरुले पनि अजम्बरी पाएका छैनन् । आम नागरिकले आशा र भरोसा गरेर उपल्लो पदमा पु¥याएका हुन् र भोलि तिनै नागरिकले आजको मूल्यांकन गरेर सडकमा पनि पु¥याउन सक्छन्, पदको दम्भ देखाएर जनतालाई बेवास्ता गर्दाको परिणाम सोचेर देश र जनताको स्वास्थ्यका विषयमा गम्भीर हुनुमै भविष्य छ ।
अहिले जति पनि गम्भीर खालका कोरोना संक्रमित छन् ती खोप लगाउनबाट वञ्चित व्यक्तिहरु भएको विश्व स्वास्थ्य संगठनले औंल्याइसकेको छ । तर, सरकार खोप ल्याउन जुन रूपमा सक्रिय हुनुपथ्र्यो, हुन सकिरहेको छैन । यो दुर्भाग्यपूर्ण स्थिति हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया