कोरोना कहरमा सहयोग पुर्याउँदै रुडेक नेपाल
नुवाकोट। कोरोना भाइरस कोभिड १९ ले पछिल्लो समय सिर्जना गरेको विषम परिस्थितिमा ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक नेपाल)ले नुवाकोट जिल्लाका विभिन्न स्थानमा कोभिड लक्षित कार्यक्रमहरु गरिरहेको छ ।
रुडेक नेपालको अगुवाइमा जोर्डन स्थित यु। एन। तथा विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत नेपालीहरुको सहयोगमा रुडेक नेपालले नुवाकोटको पन्चकन्या गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ५ बेड र ५ वटा निबुलाइजर प्रदान गरेको छ ।
यसैगरि तादी गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ७ बेड र ५ वटा अक्सिमिटर प्रदान गरेको हो । जिल्ला समन्वय समिति नुवाकोट प्रमुख सन्तमान तामाङको उपस्थितिमा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले पन्चकन्या गाउँपालिकाका सबै वडाहरुमा एक(एक हजार मास्क प्रदान गरेको रुडेक नेपालद्वारा संचालित शैक्षिक छात्रवृति कार्यक्रमका व्यवस्थापक रमेश जंग कुँवरले जानकारी दिए ।
रुडेक नेपालले यसभन्दा पहिले पनि कोरोनाको पहिलो लहरमा एस।सी।ए।आई अस्ट्रेलियाको सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउँपालिकामा अक्सिजन सहितको ८ वटा बेड क्षमता भएको आइसोलेशन केन्द्रको स्थापना गरेको थियो । अहिले अस्पतालका बेडहरु कोभिड बिरामीहरुले भरिभराउ भैरहेको र अक्सिजनको चरम अभाव भोगिरको अवस्थामा दुप्चेश्वोर गाउँपालिकाले संक्रमितहरुलाई उक्त आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिरहेको जनाएको छ । यसरि जनस्तरमा गरिएका कामहरुले पक्कै पनि कोरोना रोकथामको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विस्वस्त रहेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए ।
साथै अहिलेको यस विसम परिस्थितिमा अन्य संघ संस्थाहरुलाई पनि काँधमा काँध मिलाएर अगाडी बढ्नको तामाङले आग्रह गरेका छन्। रुडेक नेपालले २०५४ सालदेखि समुदाय विकासको लागि भूमिका निर्वाह गर्दै आइरहेको छ । अहिले यस संस्थाले एस।सी।ए।आई अस्ट्रेलियाको सहयोगमा नुवाकोटका बिपन्न परिवारका ४ सय विद्यार्थीलाई शैक्षिक छात्रवृति प्रदान गर्नुको साथै उनीहरुको परिवारलाई जिविकोपार्जनमुखी क्रियाकलापको माध्ययमबाट आत्मनिर्भर बनाइरहेको छ ।
साथै, रुम टु रिडको सहयोगमा नुवाकोट जिल्लाका ४८ वटा विद्यालयहरुमा उक्त विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि पुस्तकालय स्थापना गर्नुको साथै शिक्षकहरुको लागि तालिम दिने काम पनि संस्थाले गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया