राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा
नुवाकोट । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ ।
बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ राखिने भएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ राखिनेछ ।
यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुको पनि अनिवार्य पीसीआर परीक्षण गरिएको श्रेष्ठले बताए ।
बादल र देवकोटा हेटौंडामा
बिहीबारको उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौंडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि बिहीबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौंडा आएका हुन् । बादल बुधबार दिउँसो १ बजे हेटौंडा आइपुगेका हुन् ।
अर्का उम्मेदवार डा. खिमलाल देवकोटा यसअघि नै हेटौंडा आइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौंडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।
देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिन्ह दिएको छ भने बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया