पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते १६:४२
नुवाकोट । आज देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।
आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया