किस्पाङद्वारा अक्सिजन र आइसोलेसन तयार

विदुर खबर २०७८ जेठ ५ गते १४:४३

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले अक्सिजन सिलिन्डर र आइसोलेसन बेड तयार गरेको छ ।

Advertisement

गाउँपालिकाको खर्चमा ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन तयार गरिसकेको गाउँपालिकाले जनाएको छ ।

नुवाकोटमा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले गाउँपालिकाको वडाहरूमा जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सामग्रीहरूको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष छत्र लामाले जानकारी दिए ।

Advertisement

अनुगमन र कन्ट्रयाक ट्रेसिङ

सोमबार किस्पाङ गाउँपालिकाको वडा नं ५ को शान्ति बजार र अर्चले क्षेत्रमा अनुगमन अध्ययन र कन्ट्रयाक ट्रेसिङ गरेको छ ।जसअनुसार आज १४ जनाको एन्टिजेन टेस्ट गर्दा ४ जनाको पोजेटिभ देखिएको छ ।

Advertisement

उनीहरूलाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी होम क्वारेनटिनमा बस्न र कुनै समस्या उत्पन्न भएमा स्वास्थ्यकर्मी वा जनप्रतिनिधिलाई तत्काल सम्पर्क गर्न अनुरोध गरिएको अध्यक्ष लामाले बताए ।

सोही स्थानको एक जना कोरोना सङ्क्रमितको त्रिशुली अस्पतालमा निधन भएको थियो । अध्यक्ष लामाका अनुसार बाहिरी सुनेको जति भयावह अवस्था छैन ।

घरघरमा खोजी गर्दा पनि लक्षण सहितको बिरामीको सङ्ख्या १० देखि १२ रहेको छ‚ अध्यक्ष लामाले भने‚यद्यपि परिस्थिति बाहिर भने जस्तो नभए पनि अवस्था अत्यन्त जटिल बन्दै गएकोले आफै सुरक्षित रहनु नै उत्तम हुन्छ ।’

प्रतिक्रिया