बट्टार र कोलनीमा कोरोनाविरुद्धको दोस्रो खोप भोलि लगाइदै

विदुर खबर २०७८ जेठ ५ गते १३:०७

नुवाकोट । बट्टार र कोलनीमा भोलि कोरोनाविरुद्धको दोस्रो खोप भोलि लगाइने भएको छ ।

Advertisement

कोभिड–१९ बिरुद्दको पहिलो चरणको भेरोसेल खोप लगाई समयअवधि पुगेको सम्पुर्ण ब्यक्तिहरुलाई भोलि दोस्रो खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका अनुसार मिति २०७८।०२।०६ गतेदेखी ऐ.०९ गतेसम्म बिहानको १०ः०० देखी १८ः०० बजेसम्म विदुर न.पा.वडा नं.९ कोलनी शिव मन्दिर र वडा नं.४ बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा लगाइने भएको छ ।

Advertisement

यस्तै मिति २०७८।०२।१९ गते बिदुर न.पा.वडा नं.९ कोलनी शिव मन्दिरमा दोस्रो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।

साथै खोप कार्यक्रममा सहभागी हुँदा अनिवार्य रुपमा पहिलो चरणको खोप कार्ड लिई आउन र स्वास्थ्य सुरक्षाको मापदण्डको पुर्ण रुपमा पालना गरि कोभिड १९ को संम्भाबित उच्च जोखिमको न्युनिकरण कार्यमा सहयोग गर्न स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

 

प्रतिक्रिया