बट्टार र कोलनीमा कोरोनाविरुद्धको दोस्रो खोप भोलि लगाइदै
नुवाकोट । बट्टार र कोलनीमा भोलि कोरोनाविरुद्धको दोस्रो खोप भोलि लगाइने भएको छ ।
कोभिड–१९ बिरुद्दको पहिलो चरणको भेरोसेल खोप लगाई समयअवधि पुगेको सम्पुर्ण ब्यक्तिहरुलाई भोलि दोस्रो खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार मिति २०७८।०२।०६ गतेदेखी ऐ.०९ गतेसम्म बिहानको १०ः०० देखी १८ः०० बजेसम्म विदुर न.पा.वडा नं.९ कोलनी शिव मन्दिर र वडा नं.४ बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा लगाइने भएको छ ।
यस्तै मिति २०७८।०२।१९ गते बिदुर न.पा.वडा नं.९ कोलनी शिव मन्दिरमा दोस्रो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।
साथै खोप कार्यक्रममा सहभागी हुँदा अनिवार्य रुपमा पहिलो चरणको खोप कार्ड लिई आउन र स्वास्थ्य सुरक्षाको मापदण्डको पुर्ण रुपमा पालना गरि कोभिड १९ को संम्भाबित उच्च जोखिमको न्युनिकरण कार्यमा सहयोग गर्न स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया