राष्ट्रियसभा उपनिर्वाचन : एमालेका दुई उम्मेदवार एक आपसमा भिड्दै

विदुर खबर २०७८ जेठ ५ गते ९:३९

नुवाकोट । निर्वाचन आयोगले वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनकालागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

Advertisement

भोलि बिहीबारकालागि तय गरिएको उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयोे । कोरोना महामारीको संक्रमणकाबीच हुन लागेको उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिर्वाय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा एमालेमा प्रवेश गरेका कारण माओवादीले राष्ट्रिय सभाको सदस्यबाट उहाँलाई पदमुक्त गरिएपछि रिक्त स्थान पदपूर्तिकालागि उपनिर्वाचन तय गरिएको हो ।उहाँ २०७४ सालको निर्वाचनमा माओवादीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उपनिर्वाचनमा नेकपा एमालेका गृहमन्त्री रामबहादुर थापा ‘ बादल’ र डा। खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुनेछ । थापा एमालेमा भर्खरै प्रवेश गर्नुभएको हो भने देवकोटा एमालेका पुराना सदस्य हुनहुून्छ । एमालेकै असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षले विपक्षी दलहरूसँग गठबन्धनमा एमालेकै बुद्धिजिवी संगठनका खिमलाल देवकोटालाई प्रतिद्वन्द्वी उम्मेदवार उठाएको हो ।

Advertisement

डा। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी ९जसपा० को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनका समर्थन रहेको छ । यस अघि देवकोटा बागमती प्रदेश नीति योजना आयोगका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ २ वर्ष अध्यक्ष रहनुभएको थियो । उहाँलाई निर्वाचन आयोगले चुनाव चिन्ह कलम दिएको छ ।

नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेवारी दर्ता गराउनुभएपनि मुख्यतः दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । गृहमन्त्री थापाले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । उहाँले प्रदेशको ९ हजार ५ सय ६४ मतमध्ये आफ्नो पक्षमा ५ हजार १ सय ३० मतले आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयो । थापाले संविधानको दीगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

Advertisement

उहाँले एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुृभयो ।अर्का प्रतिस्पर्धी डा  दवकोटाले आफूलाई राजनीतिक दलहरुबाट सहयोग र समर्थन प्राप्त भएको उल्लेख गर्दै सरकारले प्रदेश र स्थानीय तहलाई हातखुट्टा बाँधेर काम गर्ने वातावरण नदिएको बताउनुभयो ।समानुपातिक र समावेशी प्रतिनिधित्वको साझा उपलब्धिलाई भताभुङ्ग गर्ने काम वर्तमान सरकारबाट भइरहेको भन्दै यसका विरुद्ध आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

डा देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्रयाकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको भन्दै प्रदेशको भूमिकालाई जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यबस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारिताको खाँचो औंल्याउनुभयो ।त्यसैगरी नेमकिपाका उम्मेदवार तामाङले हारजित भन्दा पनि पार्टीको नीतिअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले ठूला र साना दल भन्ने नहुने बताउँदै आफूले विजय हासिल गरे कानुनमा उल्लेख भएका कर्तव्य पूरा गर्ने बताउनुभयो। देशको संविधान, ऐन तथा कानुनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैं स्वार्थरहित भएर अगाडि बढ्ने उहाँले दृढता व्यक्त गर्नुभयो ।प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुख गरी कुल तीन सय ४८ जना मतदाताले मतदान गर्नेछन् । उपनिर्वाचनमा प्रदेश सभाका एक सय १० र स्थानीय तहका दुई सय ३८ गरी कुल तीन सय ४८ मतदाता रहेका छन् ।

प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । यस हिसाबले वागमती प्रदेश सभामा १ सय १० सांसदको ५ हजार २ सय ८० र २ सय ३८ स्थानीय तहका प्रतिनिधिको ४ हजार २ सय ८४ गरी जम्मा ९ हजार ५ सय ६४ मतभार रहेको छ ।
सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ र स्थानीय तहमा १ सय ३३ जना गरी १ सय ९० मतदाता रहेको छ । यसको कुल मतभार ५१ सय ३० हुन्छ । तर, बागमती प्रदेशमा एमालेका दुवै पक्षको अंकगणित करिब बराबरी अवस्थामा रहेको खनाल–नेपाल पक्षको दाबी छ ।प्रदेशसभामा एमालेका ५७ मध्ये माधव पक्षमा २२ जना रहेका छन् । यदि माधव पक्षका सबै सांसद्हरुले फ्लोरक्रस गरे डा देवकोटाको पक्षमा १ हजार ५६ मत थपिनेछ । स्थानीय तहका ४५ जनप्रतिनिधिको ८ सय १० मतले पनि डा। देवकोटाको पक्षमा फ्लोर क्रस गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ । यी मत नै निर्णायक र थापालाई फलामको च्युरा बन्नसक्ने विश्लेषण रहेको छ ।कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन । कांग्रेसको कुल मतभार २हजार २ सय ८० हुन्छ । त्यस्तै, माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १हजार ६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३ हजार ९ सय ७८ मतभार हुन आउँछ । एमालेभित्र खनाल–नेपाल समूहसँग भएको मतभारले गठबन्धनको जित सुनिश्चित गर्न सक्ने आकंलन गरिएको छ ।

नेमकिपाका उम्मेदवार तामाङको नेमकिपाका २ प्रदेशसभा सदस्यको मतभारका हिसाबले ९६ र २ स्थानीय तहका जनप्रतिनिधिको ३६ गरी १ सय ३२ मत छ । निर्वाचनमा राप्रपाका २ प्रदेशसभा सांसद्को मतभारका दरले ९६ र २ स्थानीय तहका जनप्रतिनिधिको मतभार ३६ का हिसाबले १ सय ३२ मत छ भने २ प्रदेशसभा सदस्य रहेको विवेकशीलको ९६ मत छ । एक स्वतन्त्र सांसद्को ४८ मत छ ।
हेटौँडा–४ स्थित भुटनदेवी उमाविमा मतदानको व्यवस्था मिलाइएको छ । मतदान बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया