कांग्रेस महासमिति सदस्य मल्लको निधन
नुवाकोट । नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७४ बर्षको उमेरमा निधन भएको छ ।
पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उहाँको निधन भएको हो । निरंकुश शासन ब्यवस्था बिरुद्ध नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउदै प्रतिबन्धित अवस्थामा जेलनेल सजाय समेत भोग्नु भएका मल्लमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला दुईबर्षदेखि उहाँ शारिरीक रुपमा अस्वस्थ हुनुहुन्थ्यो । उहाँले झण्डै डेढ बर्षअघि क्यान्सर जित्नु भएको थियो भने दुई हप्ता अघि प्रोष्टेट । तर, अहिले कोरोनालाई जित्न सक्नु भएन । स्वर्गिय मल्ल २ पटकसम्म इलाका सदस्य हुनुभएको थियो । निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य, जिल्लाका संस्थापक अध्यक्ष लगायत बिभिन्न सामाजिक क्षेत्रमा समेत उहाँ सक्रिय हुनुहुन्थ्यो ।
गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल लगायत उहाँका ३ छोरा र एक छोरी तथा दर्जन भन्दा बढी नाती नातिना हुनुहुन्छ । उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बताउनुभयो ।
चापाकोट नगरपालिका ५ निवासी उहाँ बिगत ३४-३५ बर्षदेखि पुतलीबजार नगरपालिका १ प्रगतीनगरमा बस्दै आउनुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया