कांग्रेस महासमिति सदस्य मल्लको निधन

विदुर खबर २०७८ जेठ ५ गते ९:३१

नुवाकोट ।  नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७४ बर्षको उमेरमा निधन भएको छ ।

Advertisement

पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उहाँको निधन भएको हो । निरंकुश शासन ब्यवस्था बिरुद्ध नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउदै प्रतिबन्धित अवस्थामा जेलनेल सजाय समेत भोग्नु भएका मल्लमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दुईबर्षदेखि उहाँ शारिरीक रुपमा अस्वस्थ हुनुहुन्थ्यो । उहाँले झण्डै डेढ बर्षअघि क्यान्सर जित्नु भएको थियो भने दुई हप्ता अघि प्रोष्टेट । तर, अहिले कोरोनालाई जित्न सक्नु भएन । स्वर्गिय मल्ल २ पटकसम्म इलाका सदस्य हुनुभएको थियो । निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य, जिल्लाका संस्थापक अध्यक्ष लगायत बिभिन्न सामाजिक क्षेत्रमा समेत उहाँ सक्रिय हुनुहुन्थ्यो ।

Advertisement

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल लगायत उहाँका ३ छोरा र एक छोरी तथा दर्जन भन्दा बढी नाती नातिना हुनुहुन्छ । उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बताउनुभयो ।

चापाकोट नगरपालिका ५ निवासी उहाँ बिगत ३४-३५ बर्षदेखि पुतलीबजार नगरपालिका १ प्रगतीनगरमा बस्दै आउनुभएको थियो ।

Advertisement

प्रतिक्रिया