नुवाकोटमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ जेठ ३ गते २१:१०

नुवाकोट । नुवाकोटमा सोमबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

आज जिल्लामा एकैदिन एकसय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै तारकेश्वर गाउँपालिकामा संक्रमित भेटिएका छन् । यस्तै तादी गाउँपालिकामा २७ जना, विदुर नगरपालिकामा २१ जना, शिवपुरी गाउँपालिकामा १९ जना र बेलकोटगढी नगरपालिकामा १७ जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार २ सय २४ पुगेको छ । यो संख्या नुवाकोटमा एकैदिन थपिएको संक्रमित संख्या हालसम्मकै धेरै हो । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८ सय २१ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या १३ सय ९३ पुगेको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Advertisement

प्रतिक्रिया