नुवाकोटमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

विदुर खबर २०७८ जेठ २ गते १६:४६

नुवाकोट । नुवाकोटमा आईतवार एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक महिला र किस्पाङ गाउँपालिका वडा नम्बर ५ शाान्ति बजारका ३३ वषिय युवक रहेका छन् । उनीहरु दुबैको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नुवाकोटमा हालसम्म २ हजार ११ जना कोरोना संक्रमित छन भने ६ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

यस्तै जिल्लामा एक हजार ३ सय ३८ जना कोरोनामुत्त भएर घर फकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया