कांग्रेस सभापति केसीले मिलाए त्रिशूली अस्पतालमा नि:शुल्क खाना

विदुर खबर २०७८ जेठ २ गते १६:२५

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने व्यवस्ता मिलाएको छ।

Advertisement

अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा समस्या परेको जनाउँदै कांग्रेसले अग्रसरता लिएको जिल्ला सभापति जगदीशश्वर नरसिंह केसीले जानकारी दिए।‘ जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोविडका बिरामी र कोभिडका बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ,’ केसीले जानकारी दिए।नेपाली कांग्रेस नुवाकोटको कार्यमा यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पनि सहयोग गरेको उनले बताए।

ॐ आदि फाउन्डेसनले तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पतालमै खुवाउने भएको छ। कोभिड विरामी र स्वास्थ्यकर्मीलाई खुवाएको खाना वापतको रकम साप्ताहिक रुपमा चुक्ता गरिने केसीले बताए।

Advertisement

यस्तै, नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टकै अग्रसरतामा ॐ आदि फाउन्डेसनले चार दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालका कोभिड विरामीलाई खानाको व्यवस्था गर्दै आएको छ।

नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने निर्णय यस अघि नै गरिसकेको छ।

Advertisement

प्रतिक्रिया