नुवाकोटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ २ गते ६:४५

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा किस्पाङ गाउँपालिका वडा नम्बर ५ शान्ति बजारका ३३ वर्षिय युवक रहेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
उनको आईतवार विहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ । यदपि यस विषय कार्यालयले आधिकारीक जानकारी भने गराएको छैन ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि विदुर नगरपालिका र शिवपुरी गाउँपालिकामा समान एक÷एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया