विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दुई थान भेन्टीलेटर उपलब्ध गरायो

विदुर खबर २०७८ जेठ १ गते १२:३५

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताललाई विदुर नगरपालिकाले दुई थान भेन्टिलेटर उपलब्ध गराएको छ ।

Advertisement

शनिवार नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई भेन्टीलेटर हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई दिइएको भेन्टिलेटर ५५ लाख ९३ हजार ५ सय रुपैया बराबरको रहेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए । उनले अनुदानको रुपमा अस्पताललाई भेन्टीलेटर उपलब्ध गराएको समेत जानकारी दिए ।

Advertisement

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया