काठमाण्डौ उपत्यकामा अत्यावश्यक बाहेकका कार्यालय बन्द
नुवाकोट । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ ।
अतिआवश्यक विनाको हिडडुलमा समेत प्रतिवन्ध लगाएको छ । दुई साता निषेधाज्ञा लागाउँदा पनि कोरोनाको कम नभएका बढ्दो क्रममा रहेकाले अतिआवश्यक वाहेका सरकारी सार्वजनिक कार्यालय बन्द गर्ने र अनावश्यक हिडडुलमा पनि प्रतिवन्ध लगाउने निर्णयमा गृह प्रशासन पुगेको हो ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न भनिएको छ। यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। बुधबार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकदै थियो ।
यसैबीच हालसम्म चारबाट हिमाली जिल्ला बाहेका मुलुका ७३ बटै जिल्लामा निषेधाज्ञ जारी गरिएको गृहमन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् ।
जारी निषेधाज्ञाका बीच नेपालमा पछिल्लो हप्ताको तथ्याँक विश्लेषण गर्दा कोरोना संक्रमितको सङ्या ५१ प्रतिशतले बढिरहेको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको जनाएको छ । “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया