नेपाल समूह सामूहिक राजीनामाको तयारीमा
नुवाकोट । पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।
नेपाल समूहका एक नेताका अनुसार कसैलाई सघाउनभन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा दिन लागिएको हो । उनले भने– ‘समस्या नै ओली हुन्, अब फेरि ओलीलाई निरन्तरता दिन सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’संसद्मा विश्वासको मतदान हुनुअघि नै राजीनामा दिने तयारी गरे पनि अन्तिम समयमा उक्त समूहका सांसदहरू पछि हटेका थिए । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठन गर्नका लागि अब जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिनु नपर्ने भएको छ ।
गत २७ गते प्रतिनिधिसभामा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव असफल भएको थियो । सोही दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ ।नेपाल समूहले कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र समूहबाट मात्र नयाँ सरकार बन्ने सम्भावना नभएपछि वैकल्पिक सरकार बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन ओली लागिरहेको ठहरसमेत गरेको छ ।
नेपाल समूहले सर्वोच्च अदालतले पार्टी ब्युँताउने फैसला गरेसँगै पार्टीलाई २०७५ जेठ २ मा फर्कन आग्रह गरेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय सच्याउन नसकिने बताएपछि अन्ततः एमाले विभाजनको संघारमा पुगेको छ । नेपाल समूहले नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न आफूहरु राजीनामा दिन तयार भएको जानकारी सभापति देउवालाई गराइसकेको बताइएको छ ।
नेपाल समूहका नेता घनश्याम भुसालले बुधबार सामाजिक सञ्चालमार्फत ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गर्नुभएको छ । नेपाल समूहका २० सांसदले राजीनामा गर्दा प्रतिनिधिसभाको हाल कायम रहेको संख्या घट्न जान्छ, जसले गर्दा देउवालाई सरकार गठनका लागि संख्या जुटाउन सहज हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया