नुवाकोटमा आज १५ जना कोरोनामुत्त भएर घर फर्किए
विदुर खबर
२०७८ वैशाख २९ गते १७:५३

नुवाकोट । नुवाकोटमा आज १५ जना कोरोनामुत्त भएर घर फर्किउका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज १५ जना कोरोनामुत्त भए। घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार २ सय ४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६५ जना कोरोना संक्रमति भेटिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार ८ सय ८० रहेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २७ पुगेको छ ।
नुवाकोटमा हालसम्म कोरोनाबाट २ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया