वागमती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने

विदुर खबर २०७८ वैशाख २९ गते १५:३४

नुवाकोट । वागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ ।

Advertisement

कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो ।

मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टिजेन पठाइएको र आरटी पीसीआर सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो–प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेलामात्र होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो ।

Advertisement

त्यसैले, हाल कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं । मन्त्रालयले मेसिन खरिदलगायत आवश्यक प्रक्रिया शुरू गरेको छ ।

यसअघि, प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ । केही दिन अघिमात्र दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण शुरू गरिसकेको छ । अब प्रदेशअन्तर्गत् धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ ।

Advertisement

मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमका लागि लाग्ने रकमको इस्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने र सो प्राप्त भएपछि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा लेखीपठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया