नुवाकोटका तीन युवाद्धारा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन निर्माण
नुवाकोट । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न प्रशासनले जारी गरेको लकडाउनकै बीच नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् ।
नुवाकोट साईन्स क्लबका काजी खान, इञ्जिनियर द्वय नरेश्वर पाण्डे र यशराज खड्काले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् । माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने काजी खानले बताए ।
‘सेन्सरयुक्त भएकाले मेसिनमा हात राखेको तीन सेकेण्डमा स्यानिटाइज निस्कन्छ र बन्द हुन्छ’, उनले भने ‘मेसिनको परीक्षण पूर्ण रुपमा सफल भईसकेको छ । बजारको माग रहे उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने छौँ ।
सम्भवत: सरकारी कार्यालय र स्थानीय तहका कार्यालयले मात्र हाम्रो उत्पादनलाई लिए नुवाकोट जिल्लामा विज्ञान तथा प्रविधिले उचित स्थान पाउने छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया