नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ वैशाख २४ गते १७:५१

नुवाकोट । नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार एकसय १५ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ६ सय २६ पुगेको छ ।

त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या एक हजार दुईसय ४० पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा १० हजार ७ सय ४४ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोना संक्रमणबाट जिल्लामा २ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया