नुवाकोटमा कोरोनाले भयावह रुप लिँदै
विदुर खबर
२०७८ वैशाख २२ गते २१:१८
नुवाकोट । नुवाकोटमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिन थालेको छ ।
कोरोनाको दोस्रो लहर जिल्लामा देखिन थालेसँगै जिल्लामा दिनप्रतिदिन संक्रमितको संख्या दोस्रो अंकमा बढ्न थालेको छ ।
पछिल्लो २४ घढटामा मात्रै जिल्लामा ८० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले ९४ जनाको पिसिआर परिक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । त्रिशुली अस्पतालका अनुसार संक्रमितमध्ये ३५ जना नुवाकोटका, ३६ जना रसुवाको र १५ जना धादिङका रहेका छन् ।
पछिल्लो समय नुवाकोटमा दैनिक तीनदर्जनभन्दा बढी कोरोना संक्रमित भेटिपनि सुरक्षा सावधानी अपनाउन नसक्दा समस्या देखिएको सरोकारवालाहरु बताउँछन् ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया