गोस्र्याङमा प्रसुती सेवा सञ्चालनमा

विदुर खबर २०७८ वैशाख २१ गते २०:०१

नुवाकोट । तारकेश्वर गाँउपालिकाले वडा नम्बर ५ गोस्र्याङमा प्रसुती सेवा सञ्चालनमा ल्याएको छ ।

Advertisement

वडा नम्बर ५ को गोस्र्याङ स्वास्थ्य चौकीमा ३ जना अनमीहरुकोे दक्ष जनशक्ति सहितको २४ सै घण्टा प्रसुति सेवा सञ्चालनमा ल्याएको गाँउपालिकाका उपाध्यक्ष तारादेवी रिमालले जानकारी दिनुभएको छ । बर्थिङ सेन्टर सञ्चालनको लागी केहि समय अगाडी दक्ष कर्मचारी सहितको माग गरी सञ्चालनमा ल्याएको उपाध्यक्ष रिमालले जानकारी दिनुभएको छ ।

गाँउमै २४ सै घण्टा प्रसुती सेवा सञ्चालनमा आएपछि सामान्य खालको सुत्केरी गराउने महिलाहरुलाई सदरमुकाम विदुर र काठमाडौ पु¥याउनु पर्ने झण्झट हटेको छ । तारकेश्वर गाँउपालिकामा यसअघि दाङसिङ स्वास्थ्य चौकी र तारुका स्वास्थ्य चौकीले प्रसुती सेवा दिदै आएको गाँउपालिकाले जनाएको छ । 

Advertisement


बर्थिङ सेन्टर सञ्चालन कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले स्वास्थ्य क्षेत्रमा नयाँ खालको परिवर्तन संगै गाँउघरमै सुरक्षित प्रसुती सेवाको लागी पहल भैरहेको बताउनुभएको छ ।

कार्यक्रममा वडा नम्बर ५ गोस्र्याङका अध्यक्ष चुडामणी प्रसाद गजुरेल, वडा सदस्य सर्वजित तामाङ, गाँउपालिकाका स्वास्थ्य संयोजक कमल अधिकारीलगायतकाको सहभागिता रहेको थियो ।  

Advertisement

प्रतिक्रिया