सुलभ फार्मेसीद्धारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७८ वैशाख २१ गते १९:१४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको सुलभ फार्मेसीले सशस्त्र प्रहरी बल गुल्म १९ लाई स्वस्थ्य सामाग्री वितरण गरेको छ ।
फार्मेसीले फ्रन्टलाइनमा काम गर्ने सशस्त्र प्रहरीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो । विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सशस्त्र प्रहरीलाई सम्मान र हौसलाका स्वास्थ्य सामग्री उपलब्ध गराइएको सुलभ फार्मेसी बट्टारका संचालक निरन जिसीले जानकारी दिए ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा फेस शिल्ड ६० ओटा, सर्जिकल माक्स ३ सय पिस, सेनिटाइजर ६ लिटर , सेनिटाइजर स्प्रे १ लिटर रहेका छन् ।
आगामी दिनमा पनि फार्मेसीले आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्र्तग विभिन्न संघसंस्थालाई सहयोग गर्ने फार्मेसीका संचालक जिसिले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया