नुवाकोटमा निषेधाज्ञाको सामान्य प्रभाव

विदुर खबर २०७८ वैशाख २१ गते १४:०४

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलवारदेखि जारी गरेको निषेधाज्ञाको प्रभाव नुवाकोटमा सामान्य प्रभाव परेको छ ।

Advertisement

जिल्लामा कोरोना संक्रमण फैलिएसँगै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको छ । निषेधाज्ञा निरिक्षणमा खटाइएको प्रहरी टोलिले निषेधाज्ञाको पहिलो दिनमै अवज्ञा गरी चलाइएका सवारी साधनसहित मानिसलाई होल्डमा राखेका छन् ।

होल्डमा राखिएका सबैलाई सम्झाई बुझाई गरी अत्यावश्यक बाहेक हिडडुल नगर्न सुझावसहित छोडिएको छ ।

Advertisement

प्रतिक्रिया