डेढकिलो सुनसहित नुवाकोटका २ जना पक्राउ
नुवाकोट । डेढ किालो सुनसहित नुवाकोटका २ जनासहित ५ जनालाई पक्राउ गरिएको छ ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोटका सुमित तामाङ तथा धनबहादुर तामाङ रहेका छन् । यस्तै अन्यमा प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, र नवलपरासीका राजु विश्वकर्मा रहेका छन् ।
पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबरको सुनको बिस्कुट २ थान र २ थान बाला बरामद भएको छ ।
साथै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धन बहादुर तथा नेपाल एयरलाइन्सद्वारा आएका राजुको साथबाट जम्मा ७ सय ९ ग्राम सुन सुन बरामद भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया