डेढकिलो सुनसहित नुवाकोटका २ जना पक्राउ

विदुर खबर २०७८ वैशाख २१ गते १२:४५

नुवाकोट । डेढ किालो सुनसहित नुवाकोटका २ जनासहित ५ जनालाई पक्राउ गरिएको छ ।

Advertisement

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोटका सुमित तामाङ तथा धनबहादुर तामाङ रहेका छन् । यस्तै अन्यमा प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, र नवलपरासीका राजु विश्वकर्मा रहेका छन् ।

Advertisement

पक्राउमध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबरको सुनको बिस्कुट २ थान र २ थान बाला बरामद भएको छ ।
साथै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धन बहादुर तथा नेपाल एयरलाइन्सद्वारा आएका राजुको साथबाट जम्मा ७ सय ९ ग्राम सुन सुन बरामद भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया