संघीयता खारेज गर्न राप्रपा अध्यक्ष थापाकाे आग्रह

विदुर खबर २०७८ वैशाख २० गते २२:०५

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले संघीयता खारेज गर्नु उपयुक्त हुने बताउनु भएकाे छ।

Advertisement

साेमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सरकारले राजनैतिक स्वार्थ र दाउपेचमा प्रदेश प्रमुखहरुलाई प्रयाेग गर्ने गरेकाे र सरकारले चाहेकाे बखत हटाउने र राख्ने गरेकाे भन्दै उक्त कार्य गलत र संविधानकाे भावना विपरितका साथसाथै स्वेच्छाचारिता र सर्वसत्तावादी भएकाे भन्दै यस्ता कार्यहरु गर्नु भन्दा संघीयता नै खारेज गर्नु उचित हुने बताउनु भएकाे हाे।

उहाँले ट्विट गर्दै भन्नू भएकाे छ “राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोगगर्ने उदेश्य राखि प्रदेश प्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ।

Advertisement

यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो।यस्तो काम गर्नु भन्दा संघीयता खारेज गर्नु बेस” ।

प्रतिक्रिया