विदुर नगरपालिकामा एकैदिन भेटिए ३२ संक्रमित
विदुर खबर
२०७८ वैशाख १८ गते १७:२६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा एकैदिन ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४३ जनाको पिसिआर परिक्षण गर्दा विदुर नगरपालिकाका ३२ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १६ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय ३० पुगेको छ ।
संक्रमितमध्ये ५ सय ६२ पुरुष र २ सय ६८ महिला रहेका छन् । नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १८ जना रहेका छन् । उनीहरुमध्ये ७१ पुरुष र ४७ महिला आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म विदुर नगरपालिकाका २ हजार एकसय ९६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया