प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
विदुर खबर
२०७८ वैशाख १७ गते ६:१५

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रा कम देखिएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो ।
दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई ३ दिनदेखि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ ।
सचिवालयका अनुसार पुरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । यसअघि, उनको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया