काठमाण्डौमा लकडाउन : बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुल्ने

विदुर खबर २०७८ वैशाख १६ गते ६:२१

नुवाकोट । काठमाण्डाैं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्।

Advertisement

निषेधाज्ञा लागेका  उपत्यकाका तीन जिल्लामा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएकाे हाे ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा याे सहमति भएकाे छ । काेराेनाकाे संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएकाे छ ।

Advertisement

बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।

प्रतिक्रिया