माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

विदुर खबर २०७८ वैशाख १५ गते ६:४०

नुवाकोट । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ ।

Advertisement

स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ ।

पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य गरिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवाहरु कम्तीमा २० प्रतिशत राख्नुपर्नेछ ।

Advertisement

दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइनेछ । केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बनाइनेछ भने केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ ।

बैठकले पार्टी समिति वा नेतृत्व निर्माण प्रक्रिया के हुन्छ ? निर्वाचन, पार्टी कार्यकर्ताको मूल्यांकनलाई कसरी जोड्ने ? कार्यकारी पदमा उमेर हद राख्ने कि नराख्ने ? बहस खुला गरेको छ । जिल्ला कमिटीहरुलाई समन्वय समितिको रुपमा अगाडि बढाउने, सामूहिक उत्पादनबारे पनि बहस अगाडि बढाइनेछ ।

Advertisement

प्रतिक्रिया