कांग्रेसद्धारा नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त
विदुर खबर
२०७५ साउन १३ गते १५:३७
नुवाकोट ,नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ ।
आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । यसैबीच, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आज बिहान निधन हुनुभएका ६३ वर्षीय आचार्यको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहनुभएका उहाँ क्यान्सरसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया