लिखु गाउँपालिकामा एमालेको समानान्तर कमिटि
नुवाकोट । लिखु गाउँपालिकामा नेकपा एमालेको माधव नेपाल समुहले समानान्तर कमिटि गठन गरेको छ ।
शनिवार १५ औं लोकतन्त्र दिवसको अवसर पारेर लिखु गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गर्दे समानान्तर कमिटि गठन गरिएको हो । भाधव कुमार नेपाल समुहका अध्यक्ष तथा संघिय संसद नारायण खतिवडाले गाउँपालिकामा पार्टीको कार्यालय उद्घाटन गरेको नेकपा एमाले लिखु गाउँपालिका संयोजक सुमन पाठकले जानकारी दिए ।
कार्यक्रममा बोल्दै माधव नेपाल समुहका जिल्ला अध्यक्ष खतिवडाले कम्युनिष्ट तत्कालिन नेकपा विभाजन हुनुमा पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलि मुख्य जिम्मेवार रहेको बताए । खतिवडाले प्रधानमनित्र ओली निरंकुशतातर्फ लम्किएको आरोप लगाए ।
कार्यक्रममा माधव नेपाल समुहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसअघि लिखु गाउँपालिकामा ओलि समु्हको नेकपा एमालेले पार्टी कार्यालय उद्घाटन गर्दे कार्यसमिति विस्तार गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया