एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड
नुवाकोट । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो ।
लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो ।नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो बेलामा मानिसको मुभमेन्टलाई नियन्त्रण गर्न सकेपछि कोरोनाको चेन ब्रेक हुने निष्कर्ष निकालिएको छ । लकडाउनलाई स्थानीयले पालना गरेको देखिन्छ । पहिलो दिन नेपालगन्जको सडक सुनसानजस्तै थियो, बजार बन्द भयो । मानिसको चहलपहल कम नै देखिन्थ्यो ।
नेपालगन्ज नाकामा भने बिहीबार भीड नै लाग्यो । भारतबाट घर फर्किएका नेपालीहरुको त्यो भीडलाई व्यवस्थित गर्न जिल्लाका सुरक्षा अधिकारीहरु नाकामै पुगेका थिए । भारतको दिल्ली, गुजरात, मुम्बईलगायतका शहरमा कोरोना महामारीका रूपमा फैलिएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् ।नेपालगन्ज नाकामा एकातिर भारतबाट आएकालाई व्यवस्थित तरिकाले घरतर्फ पठाउनु छ भने अर्कोतिर जाँच गर्नु पर्नेछ ।
नाकामा बिहीबार मात्रै आठ जनामा कोरोना पुष्टि भयो । भारतका विभिन्न शहरबाट आएका दैलेख, बर्दिया, कञ्चनपुर र दाङका आठ जनामा कोरोना पुष्टि भएको हो ।नेपालगन्ज नाकामा बिहीबार २५ जना शंकास्पदलाई जाँच गरिएको थियो । त्यसमा दैलेखका तीन जना, बर्दिया र कञ्चनपुरका २-२ जना र दाङका एक जनालाई कोरोना पुष्टि भएको हो । आठ जना कोरोना देखिएका मध्येमा ६ जना गुजरात, राजिस्थान र गोवाबाट एक-एक जना आएका थिए ।
चैत ११ गतेपछि नेपालगन्ज नाकामा हेल्थ डेस्क राखिएको छ । त्यसयता अहिलेसम्म ३५ जनालाई कोरोना पुष्टि भइसकेको छ । भारतबाट आउँदा कोरोना पुष्टि भएका व्यक्तिलाई शुरुमा सम्बन्धित जिल्लामा पठाउने गरे पनि अहिले नेपालगन्जमै राख्ने गरिएको छ ।
यति बेला भारतबाट आउने नेपालीको चाप बढेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दैनिक ५ हजार आसपासमा नेपालीहरु घर फर्किरहेको बताउनुभयो ।
भारतबाट आएका व्यक्तिलाई गाडी मगाएर नाकाबाटै सम्बन्धित जिल्लामा पठाइएको छ । कतिपयलाई नगरबसले बसपार्कसम्म पु-याएर सम्बन्धित जिल्ला पठाइएको थियो ।यसै बीच, नेपालगन्जमा बिहीबार विहानै २ सय ४ जना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगन्जले ३ सय ५० जनाको पीसीआर जाँच गर्दा २ सय ४ जनालाई कोरोना पुष्टि भएको हो ।
यता नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज–१७ का ८६ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते पोजिटिभ रिपोर्ट आएको थियो । उनको बिहीबार विहान २.१५ बजे मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेजमा नेपालगञ्ज–१ की ६५ महिलाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि वैशाख ७ गते मेडिकल कलेजमा पुगेकी महिलालाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनको बिहीबार मृत्यु भयो । बाँकेमा अहिलेसम्म कोरोनाबाट ६८ जनाको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया