नुवाकोटमा दिनभर एमालेको पार्टी कार्यालयमा तनाव

नुवाकोट । नेकपा एमालेको पार्टी कार्यालयमा आज दिनभर तनाव भएको छ ।
नेकपा एमालेको माधवकुमार नेपाल समुहले जिल्ला कार्यसमितिको बैठक बोलाएपछि ओली समुहले बैठक रोक्न खोजेपछि जिल्लास्तरीय नेता तथा कार्यकर्ताबीच विवाद देखिएको हो । नेपाल पक्षका कार्यकर्ताले जिल्लाा पार्टी कार्यालयमा बैठक बस्ने भनेपछि ओली पक्षधर नेताले त्यसमा अवरोध पुर्याएका थिए । ओली पक्षले उनीहरुलाई पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएपछि दुईपक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था थियो ।
ओली पक्षका कार्यकर्ताको अवरोधबीच नेपाल पक्षका कार्यकर्ताले कार्यालयमा लगाएको ताला फुटाएर बैठक सञ्चालन गरेका छन् । कार्यकर्ताबीच चर्काचकी बढेपछि स्थानीय प्रशासनले पार्टी कार्यालय परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो ।
बैठकपछि माधव नेपाल समूहका अध्यक्ष नारायण प्रसाद खतिवडाले नेकपा एमाले एकजुट भएर अघि बढ्ने बताए । उनले पार्टीका सबै संगठन एक भएर अघि बढ्ने निर्णय भएको बताए । उनले नेकपा एमाले फेरि एकताबद्ध भएर अघि बढ्ने समेत दाबी गरे ।
नुवाकोटमा नेकपा एमालेमा माधव नेपाल समुहको बहुमत रहेको छ । तत्कालिन एमालेमा रहेका ६५ जिल्ला कार्यसमितिका सदस्यमध्ये ४५ सदस्य आफ्नो पक्षमा रहेको माधव नेपाल समुहले दाबी गरेको छ ।
कार्यालयभित्र नेपालपक्षको बैठक चलिरहँदा ओली समूहले कार्यालय घेराउ गर्न थालेपछि प्रहरीले विशेष सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया