नुवाकोटमा मतदाता नामावली दर्ता खुल्यो
नुवाकोट । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सक्रिय बनाएको छ ।
निर्वाचन घोषणापछि स्थगित मतदाता नामावली सब्कलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।
निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ । योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् । आयोग पवक्ता राजक कुमार श्रेष्ठका अनसार नामावलीमा दर्ता हुन उमेर पुगेका र छटेका नेपाली नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पगेर दर्ता गर्न सक्नेछन् ।
नामाकृत मतदाताले भने पनः दर्ता गरिरहन पर्दैन । नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा छटेका नागरिकलाई दर्ता गर्न उत्प्रेरित गर्ने निर्वाचन आयोगले जनाएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी आफ्नो भएको आयोगले जनाएको छ ।
७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सब्कलन निरन्तर गर्नेव्यवस्था मिलाइएको छ । योग्यता पूरा भएका कोही मतदान गर्नबाट वञ्चि नहन्’ भन्ने आयोगको अभिप्राय हो । मतदातामा नाम समावेश हनुपर्ने अनिवार्य पूर्वसर्त रहेको आयोगले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया