विदुर नगरपालिकाका थप ९ जनामा कोरोना संक्रमण
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितहरु सबै विदुर नगरपालिकाका बासिन्दा रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
संक्रमित हुनेमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । यससँगे जिल्लामा कोरोना संक्रमितकोे संख्या एकहजार २ सय १० पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये ४ जना अस्पतालको आइसोलेसन सेन्टरमा र ६० जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
नुवाकोटमा अहिलेसम्म ९ हजार ९ सय ८५ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्षन गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो समय नुवाकोटमा विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि भएपनि स्थानिय तहहरुले विद्यालय बन्द नगर्दा विद्यार्थीहरुमा कोरोना संक्रमण फैलने भन्दै अभिभावकहरुले चिन्ता गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया