शिवपुरी अध्यक्ष गोल्डकप विजेता टोलीलाई वडा कार्यालयको सम्मान

विदुर खबर २०७८ वैशाख ६ गते १६:३७

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ ले शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको विजेता बन्न सफल विदुर नगरपालिकाका खेलाडीहरुलाई सम्मान गरेको छ ।

Advertisement


सोमबार वडा नम्बर ५ को वडा कार्यालय माझिटारमा आयोजित कार्यक्रममा वडाध्यक्ष चित्रकारले विजेता टोलीका पदाधिकारीलाई सम्मानसहित एकमुष्ट नगद २० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएर अघि बढीरहेको बताए । उनले नगरपालिकाले गरेको लगानीलाई खेलाडीहरुले खेर जान नदिएको भन्दै खुशी व्यक्त गरे । उनले खेलाडीको मेहेनतले नगरपालिकाको शिर उँचो भएको भन्दै खुशी व्यक्त गरे ।

Advertisement

कार्यक्रममा नगरपालिकाका चन्द्रज्योति माविका प्रध्यानाअध्यापक मोतिराम न्यौपानेले जिल्लामा पछिल्लो समय खेलकुद गतिविधि बढीरहेको भन्दै खुशी व्यत्त गरे ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकार, नेपाल फुटवल संघका केन्द्रिय सदस्य पुर्णलाल चित्रकार, नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकार, च्वाडी पव्लिक माविका प्रध्यानाअध्यापक टिका खरेल, संस्कृत मावि देविघाटका प्रध्यानाअध्यापक मञ्जु चित्रकार लगायतको उपस्थिति रहेको थियो ।

Advertisement


शिवपुरी गाउँपालिकालको सुनखानीमा चैत्र २५ गते बुधवार भएको फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगितामा विदुर नगरपालिकाका आकाश रानामगरले सर्वाधिक गोल गरेका थिए भने गोलरक्षक सुर्य तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

प्रतिक्रिया