नुवाकोटमा २० जना थपिए कोरोना संक्रमित

विदुर खबर २०७८ वैशाख ४ गते २०:५६

नुवाकोट । नुवाकोटमा थप २० जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६० जनाको पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यससँगे नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार एकसय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितहरु विदुर नगरपालिका र किस्पाड गाउँपालिकाका रहेका छन् ।

Advertisement

जसमध्ये विदुर नगरपालिकाका १३ पुरुष र ४ महिला रहेका छन् भने किस्पाड गाउँपालिकाका ३ पुरुष रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोनाका संक्रिय कोरोना र्सक्रमितको संख्या ४७ पुगेको छ । उनीहरुमध्ये ४५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा कोरोनाको कारण असहलेसम्म एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया