नुवाकोटमा एकैदिन थपिए १५ जना कोरोना संक्रमित

विदुर खबर २०७८ वैशाख १ गते २१:२१

नुवाकोट । नुवाकोटमा एकैदिन आज १५ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

संक्रमितमध्ये १२ पुरुष र ३ महिला रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । संक्रमितमध्ये १४ जना विदुर नगरपालिकाका छनु् भने एक जना किस्पाङ गाउँपालिकाका रहेका छन् ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ७० पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या २५ पुगेको छ । संक्रमितमध्ये २३ जना होम आइसोलेसनमा र २ जना अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया