नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १० पुग्यो

विदुर खबर २०७७ चैत ३१ गते १७:४९

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

Advertisement

सोमबार जिल्लामा ८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १० पुगेको हो । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटमा अनुसार हालसम्म नुवाकोटमा ९ हजार ६ सय ६२ जनाको पिसिआर परिक्षण गर्दा एकहजार एकसय ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

संक्रमितमध्ये एकहजार एकसय ४४ जना निको भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

नुवाकोटमा अहिलेसम्म कोरोना भाइरसको कारण एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया