एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
विदुर खबर
२०७७ चैत ३१ गते १५:३७
नुवाकोट । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेकोले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।
अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएकोले सावधानी स्वरुप ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।
यस अघि कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि ३ साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय गरेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया