नुवाकोटको पर्यटकीय क्षेत्रको अवलोकन गरि फर्किए प्रदेश २ का प्रमुख अहिराज
नुवाकोट । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
मनाङ, कास्कीको पोखरा, गोर्खा दरवार हुँदै नुवाकोट दरवार परिसरसम्म पुगेका अहिराजले शनिबार नुवाकोट दरवारको अवलोकन तथा देबि भैरबी मन्दिरको दर्शन समेत गरे । त्यस्तै दरवार नजिक रहेको एडभेण्चर प्रालीले संचालमा ल्याएको जिपलाइनको अवलोकन गर्नुको साथै जिपलाइन चढेर मज्जा लिए ।
जिपलाइनमा यात्रा गर्दा रमाइलो लागेको र जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढाउनुको साथै जिल्ला र स्थानको परिचयमा अझ बढावा दिएको बताए ।
अवलोकनका क्रममा अहिराजले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए । उनले यो क्षेत्र पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न सुझाब समेत दिए।
गोर्खा दरवार परिसर अवलोकन गरि पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो क्रममा उनी देश निर्माणका परिकल्पनाकार र नेपाल स्थापना गर्न पुर्याएको योगदानका आधारमा अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान गर्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया