चक्कु देखाएर ट्याक्सी चालकलाई लुटेको आरोपमा नुवाकोटको एक युवा पक्राउ

विदुर खबर २०७५ साउन १३ गते १:२२

काठमाण्डौ, काठमाडौंको बुढानिलकण्ठ ७ चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने गरेको आरोपमा नुवाकोटको १ जना सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउपािलका रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा वडा नम्बर ३ ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार र झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाल रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । उनीहरुले बा २ ज २७१३ र बा २ ज ३६६९ नम्वरको ट्याक्सीमा यात्रु बनेर चढेको र चपलीहाइटमा चक्कु देखाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको साथबाट उनिहरुले मोबाइल र नगद पनि लुटेका थिए । लुटपाटपछि भागेका मध्ये परियार र शिल्पकार तत्कालै पक्राउ परेका थिए भने फरार ढकाल शुक्रबार बिहान धापासीबाट पक्राउ परेका हुन् ।

Advertisement

प्रतिक्रिया